logo trishakti

काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

    आज काठमाडौंमा आकाश खुलेर घाम राम्ररी नदेखिँदा बढी चिसो महशुस गरिएको छ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार राजस्थानमा बनेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण काठमाडौंमा आज चिसो महशुस भएको हो।

मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम चापक्रम ९.२ डिग्री सेल्सियस छ। बुधबारको न्युनतम तापक्रम १०.१ डिग्री सेल्सियस थियो। आज २१ देखि २३ डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम रहने महाशाखाको पूर्वानुमान् छ।

काठमाडौंमा आज दिनभरी आकाश  राम्ररी नखुल्ने उनले बताए। त्यसो हुँदा हिजो अस्तीको तुलनामा आज काठमाडौं केही चिसो हुनेछ।

भोलिदेखि भने काठमाडौंको मौसममा सुधार आउने अधिकारीले जानकारी दिए।

‘आज दिनभरीजसो नै राम्ररी घाम लाग्ने जस्तो देखिँदैन, भोलि सुधार देखिने सम्भावना छ,’ उनले भने।

आज मधेश प्रदेश लगायत पूर्वी भूभागमा मौसम बदली हुँदा केही चिसो बढेको छ।

महाशाखाका अनुसार आज दिउँसो  मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस