logo trishakti

२५औं भदौरे पञ्चासे कोदो महोत्सवकाे तयारी तिब्र

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 पुष ५ देखि ९ गते सम्म आयोजना हुने ‘२५ औं भदौरे पञ्चासे महोत्सव’ को तयारीमा तिव्रता दिइएको छ । आयोजक भदौरे क्लब तथा भदौरे आमा समुहले आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवको तयारी तिव्रताका साथ अगाडी बढाइएको जनाएका हुन् ।

अन्नपूर्ण गाउँपालिका–४ भदौरे पञ्चासेमा कोदोको उत्पादन बढाउन साथै किसानलाई उत्साहित गराउन महोत्सव आयोजना गरिएकाे क्लबका पूर्वअध्यक्षसमेत रहेका वडाध्यक्ष आइन्दल गुरुङले बताए । गाउँमा उत्पादन भएको कोदो संकलन गरेर महोत्सवस्थलबाट खरिदबिक्रीको व्यवस्था मिलाइने र स्थानीय कोदोको प्रचार प्रसार गर्न ढिडो खाने प्रतियोगिताको आयोजना समेत गरिएको उनले बताए ।

पाँच दिन सम्म चल्ने मेलाकाे अन्य आकर्षणकाे रूपमा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, स्थानीय झाँकी तथा अर्गानिक कृषि प्रदर्शन, आमा समुहको सामुहिक नृत्य, छेला हान्ने, कुर्ची दौड, अन्धानिशान र रस्साकस्सी प्रतियोगिता पनि रहेकाे संयोजक गुरुङले बताए । 
खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनलबाट बाहिरिने दुई समूहले नगद २०÷२० हजार साथै  विधागत पुरस्कार प्राप्त गर्नेछन । 
यस्तै खुल्ला नृत्यतर्फ प्रथम हुनेले ८ हजार, द्धितीय हुनेले ५ हजार  तृतीय हुनेले ३ हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

महोत्सव सम्पन्न गर्न झण्डै २० लाख रुपैयाँ खर्च लाग्ने र २३ लाख रुपैयाँ आम्दानी गर्ने आयोजकको लक्ष्य रहेको छ। महोत्सवमा पुग्ने पाहुनाको लागि होमस्टेको व्यवस्था गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस