logo trishakti

नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ पुग्यो

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

    नेपालको सार्वजनिक ऋण  २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार गएको असार अन्तिममा २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको ऋण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म बढेर २३ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

यसमध्ये आन्तरिकतर्फ ११ खर्ब ९७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । वैदेशिकतर्फको ऋण ११ खर्ब ७३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

साउनदेखि मङ्सिरसम्मको पाँच महिनामै सरकारले एक खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाएको छ । जसमा आन्तरिकतर्फ एक खर्ब ११ अर्ब ३१ करोड र वैदेशिकतर्फ १९ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

साउनदेखि मङ्सिरसम्म सरकारले साँवा र ब्याज गरेर ५९ अर्ब ३७ करोड रुपैयाँ भुक्तानी पनि गरेको छ । राजस्वसहितका आम्दानी घट्दा सरकारले ऋण लिएर खर्च गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस