फिल्म ‘नांगो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । भदौ २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको छ। यस फिल्मकाे ट्रेलरले जसरी पनि चुनाव जितेर गाउँको विकास गर्ने अड्डी कसेका दुई उम्मेदवारको राजनीतिक दाउपेचको कथालाइ उतारेकाे छ ।
राजनीतिलाई स्वर्ग देख्ने शिक्षक पासाङ लामा जो गाउँको विकास गर्ने उद्देश्य लिएर उम्मेदवार बनेको छ । यो भूमिकामा दयाहाङ राईले अभिनय गरेका छन् । जरी लामा (शिशिर बाङ्देल) जो चुनाव जितेर पारिवारिक विरासतलाई निरन्तरता दिन चाहन्छ ।
राजनीतिले परिवार र पात्रको सम्बन्धमा ल्याउने उतारचढावको कथावस्तु पनि यसले पेश गर्छ । जरी लामा पात्र पासाङ तामाङलाई चुनौती दिन्छ, जसले चुनाव हार्छ, ऊ भोट गन्ने ठाउँबाट नांगो भएर जान्छ ।’ यो डायलगले फिल्मको द्धन्द्धलाई चित्रण गर्छ ।
अर्कोतिर पैसा बिना चुनाव जितेर जसरी पनि जितेर देखाउन खोज्ने पासाङ लामा छ । गाउँको सेटिङमा छायांकन गरिएको फिल्ममा दयाहाङ र शिशिरसहित मिरुना मगर, कार्म, साम्राज्ञी शाह लगायतको अभिनय छ । निर्देशक दीपेन्द्र लामाले अघिल्लो फिल्म ‘छ माया छपक्कै’मा पनि ग्रामीण राजनीतिको कथावस्तु पेश गरेका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न