एमसीसी कार्यान्वयनको विषयलाई लिएर सत्तारुढ दलहरू सहितको सहभागितामा बनेको समाजवादी मोर्चाभित्र विवाद भएको छ ।
एमसीसी कार्यन्वयनको घोषणा हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै बालुवाटारमा समाजवादी मोर्चाको बैठक बोलाएका थिए । बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले एमसीसी कार्यन्वयन घोषणाका विषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।
बिहान साढे ७ बजे बालुवाटार पुगेका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका थिए । तर प्रचण्डले एमसीसी कार्यन्वयनको चरणमा नै प्रवेश गरिसकेकाले अहिलेलाई केही गर्न नसक्ने जवाफ दिएका थिए ।
धनगढीमा बुधबार दिउँसो १ बजेका लागि तय भएकाे मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभा अन्तिम समयमा आएर स्थगित भयो । माओवादी केन्द्र सुदूरपश्चिमका सचिव जनक बुढाले प्रधानमन्त्रीसहित माेर्चाका शीर्ष नेताकाे कार्य व्यस्तता कारण सभा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।
प्रदेशस्तरीय सन्देश सभा हुने भएपछि पहाडी जिल्लाका नेता कार्यकर्ताहरू मंगलबार नै धनगढी आइपुगेका थिए ।
सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियाे ।
नेकपाका नेता शर्माले धनगढीको कार्यक्रम स्थगित भए पनि मोर्चा नै तोडिएको भनेर बुझ्न नहुने बताए । ‘हामीले एमसीसी पनि कार्यान्वयन गर्ने र समाजवादी मोर्चाको कार्यक्रममा पनि सँगै सहभागी हुन सम्भव छैन भन्यौं’, शर्माले भने, ‘त्यसो भए आजको कार्यक्रमलाई स्थगित गरौं र मोर्चालाई अगाडि बढाउने विषयमा पुनः छलफल गरौं भन्ने सहमति भएको छ ।’
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न