प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक
प्रधानमन्त्रीकाे अाव्हानमा सर्वदलीयहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकमा पूर्वप्रधानमन्त्रीहरु, संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसमेत सहभागी छन्।
यस सर्वदलीय बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन र न्यूयाेर्क भ्रमणमा केन्द्रित रहेकाे देखिन्छ ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाँदैछन् । सोही भ्रमणको तयारी तथा एजेन्डाबारे जानकारी गराउन र सुझाव लिन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न