धार्मिक संस्थासँगको पाँच दिन लामो रस्साकस्सीपछि फिल्म ‘एक भगवत् र एक गीताले प्रदर्शन अनुमति प्राप्त गरेको छ । केन्द्रीय चलचित्र जाँच समितिले यो फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ ।
मंगलबार सेन्सर बोर्डका पदाधिकारीले फिल्म हेरेका थिए । बोर्डले फिल्मको लम्बाइ दुई घण्टा १९ मिनेट तय गरेको छ । सेन्सर बोर्डले फिल्ममा समावेश कुनै दृश्य र संवादमा कैंची नचलाएको निर्माता सुनिलकुमार थापाले बताए ।
फिल्म हेरेपछि सेन्सर बोर्डका पदाधिकारीले फिल्मको प्रशंसा गरेको सुनिलले बताए । ‘फिल्ममार्फत तपाईंले तराईदेखि पहाडसम्मलाई जोड्नुभएको छ । संस्कृति जोगाउनुभएको छ । मौलिकता पेश गर्नुभएको छ भनेर बधाई दिनुभयो,’ उनले भने ।
१३ हिन्दु धार्मिक संस्थाले फिल्मको शीर्षकमा विरोध जनाएपछि फिल्मको सेन्सर प्रक्रिया अघि बढेको थिएन । चलचित्र विकास बोर्डको मध्यस्थतामा ती धार्मिक संस्था र निर्माताबीच आइतबार शीर्षक परिवर्तन गर्ने सहमति भएको थियो ।
भदौ २९ गते रिलिज हुने तयारीमा रहेको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । फिल्ममा विपिन कार्की, सुहाना थापा र धीरज मगरको शीर्ष भूमिका छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न