logo trishakti

लिबियामा बाढीका कारण २० हजार मानवीय क्षतिकाे अनुमान

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

    लिबियामा बाढीका कारण २० हजार जनाको ज्यान गएको सरकारी अधिकारीकाे अनुमान छ।

लिबियाको डेर्ना सहरका मेयरले अचानक आएको बाढीका कारण झन्डै २० हजार जना मानिसको ज्यान गएको अनुमान गरेकाे बताउनुभएको बीबीसीले जनाएको छ । अहिलेसम्म पाँच हजार पाँच सय जनाको शव भेटिएको छ ।

गएको आइतवार आएको विनाशकारी बाढीले देशको पूर्वी क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बन्दरगाह सहर डेर्नाका मेयरले साउदी न्युज च्यानल अल–अरेबियालाई दुई वटा बाँध भत्किएर आएको बाढीमा झन्डै १८ देखि २० हजार मानिसको ज्यान गएको अनुमान गरेकाे बताउनुभएको छ ।

मानिसहरू सुतिरहेको समयमा सुनामी जस्तै गरेर ठूलाे बाढी आएको थियो । धेरै शव अझै पनि भग्नावशेषमुनि वा समुद्रमा पुरिएका छन् । यसका कारण रोग सर्ने जोखिम बढेको छ ।

यसैबीच लिबियाका धेरै छिमेकीले उद्धार टोली र मानवीय सहायता सामग्री पठाउन थालेका छन् । लिबियाका बाढी पीडितलाई सघाउन संयुक्त राष्ट्र सङ्घले तत्काल एक करोड अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस