logo trishakti

आज देशका केही ठाउँको मौसम आंशिक बदली,कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

    आज देशका केही ठाउँको मौसम आंशिक बदली छ । बाग्मती, कोशी, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू–भागमा मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी तराईमा कुहिरो तथा पश्चिम तराईका क्षेत्रमा हुस्सु लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् चिरञ्जीवी भेटवालले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस