logo trishakti

आजदेखि मौसममा क्रमिक सुधार, कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

     आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली मात्र छ । बाँकी भागमा भने मौसम सफा छ ।

महाशाखाका वरिष्ठ मौसमविद मिन कुमार अर्यालले भने, ‘अहिले धेरैजसो ठाउँमा मौसम सफा छ । दिउँसो चाहिँ गण्डकी र कोशीका पहाडी क्षेत्रमा आंशिक तथा साधारण बदली हुन्छ ।'

आज बिहानदेखि भने काठमाडौं घाम लागेको छ । बिहीबार साँझ हल्का वर्षा भएकाले काठमाडौंसहित देशका विभिन्न स्थानमा तुवाँलो हटेर मौसम सफा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस