logo trishakti

अमेरिकी राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

     अमेरिकी सर्वोच्च अदालतले सोमबार राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको छ ।

 निर्णयको प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई अमेरिकाको ठुलो जीत भएकाे बताएका  छन् । डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको अदालतले पूर्व राष्ट्रपति ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो । त्यसो गर्दा, अमेरिकी संविधानको १४ औँ संशोधनलाई सन्दर्भ गरिएको थियो, जस अन्तर्गत सशस्त्र विद्रोहवादीहरूलाई राष्ट्रपति चुनाव लड्न प्रतिबन्ध लगाइएको छ।

अदालतले १४ औँ संशोधनको धारा ३ लागू गर्ने अधिकार कुनै राज्यको हातमा नभएर कंग्रेसको हातमा रहेको बताएको छ । यसपछि सर्वोच्च अदालतले ट्रम्पले चुनाव लड्न सक्ने बताएको छ ।

तर फेब्रुअरी ८ मा भएको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीशहरूले यो कदमलाई शङ्काको दृष्टिले हेरे। यससँगै उनीहरूले राज्य आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएको आरोप लगाए । 

अदालतले १४ औँ संशोधनको धारा ३ लागू गर्ने अधिकार कुनै राज्यको हातमा नभएर कंग्रेसको हातमा रहेको बताएको छ । यसपछि सर्वोच्च अदालतले ट्रम्पले चुनाव लड्न सक्ने बताएको छ ।

 प्राइमरी अमेरिकी राष्ट्रपति चुनाव प्रक्रियाको चरण हो जसमा दलहरूले मतदान मार्फत आफ्ना उम्मेदवारहरू निर्णय गर्छन्।

प्रतिक्रिया दिनुहोस