रमदान पर्वको पहिलो दिन सोमवार महाबुल्ला क्षेत्रको सिसाईड सडकमा एउटा कारले ठक्कर दिँदा तीन जनाको ज्यान गएको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्ल ठकुरीले बताएका छन् । मृतकहरु कुवेतको पापाजोन कम्पनीमा कार्यरत थिए ।
ज्यान गुमाउनेमा काठमाण्डौको सानो भर्याङका सुजन कार्की, अछामको पञ्चदेवलका सुरत बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेका छन । सुजन र धिरज सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । तीनैजना फर्कने क्रममा त्यहाँको स्थानीय नागरिकको गाडीले ठक्कर दिँदा घटनास्थलमै उनीहरुको ज्यान गएको हो ।
गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न