logo trishakti

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, २१ जनाकाे मृत्यु

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

अफगानिस्तानको कान्धार सहरमा आत्मघाती बम विस्फोट हुँदा २१ जनाको मृत्यु भएकाे छ । स्थानीय समयअनुसार आज बिहान ८ बजेतिर भएको विस्फोटमा तालिबान सरकारले भने तीन जनाको ज्यान गएको बताएको बीबीसीले जनाएको छ ।

 अफगानिस्तान सरकारका कर्मचारी तलब लिन लाइनमा जम्मा भएको बैंकको शाखामा विस्फोट भएको थियो । विस्फोटमा ज्यान गुमाएका र झन्डै ५० जना घाइतेलाई सहरको सबैभन्दा ठूलो मिरवास अस्पतालमा लगिएको खबरमा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस