logo trishakti

आज सुनचाँदीको भाउमा गिरावट

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 हिजो तोलाको एक लाख २६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेर तोलाको एक लाख २६ हजार ४ सय रुपैयाँमा गिरावट भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत शुक्रवार तोलाको एक लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ हिजो दुई सय रुपैयाँले बढेर तोलाको एक लाख २६ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार ५ सय ५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस