हिजो अमेरिकाको बाल्टिमोरमा पानी जहाजको ठक्करबाट साढे दुई किलोमिटर लामो फ्रान्सिस स्कट पुलको आधा भाग नदीमा खसेको थियो । ठक्कर दिएपछि एउटा पुल नदीमा खस्दा ६ जनाको ज्यान गएको अनुमान गरिएको छ । दुर्घटनापछि अमेरिकी तटरक्षक र मेरिल्याण्ड राज्यका बहु–एजेन्सीले खोज तथा उद्धार अभियान चलाइरहेका थिए ।
अब उनीहरुले खोजी कार्यलाई स्थगित गरेर उद्धारको काममा बढी जोड दिने बताएका बीबीसीले जनाएको छ । दुर्घटनामा केही व्यक्ति अझै हराएको हुन सक्ने प्रहरीको अनुमान छ । नदीमा डुबेकाहरु कोही पनि जीवित हुने सम्भावना नरहेको उद्दारकर्मीले बताएका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न