अफ्रिकाका केही भागमा ‘एमपक्स’ या मंकीपक्स भनेर चिनिन्थ्यो। रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ।
एमपक्स एक सङ्क्रामक रोग हो,अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएका छन् ।अहिले यो रोग मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको छ । वैज्ञानिकहरूले पनि द्रुत रूपमा फैलिरहेको रोगको नयाँ प्रकार र उच्च मृत्यु दरमा आफ्नो चिन्ता व्यक्त गरेका छन्।
डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले पनि अफ्रिका र त्यसभन्दा बाहिर पनि यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र जनताको जीवन बचाउन सकिन्छ ।’
एमपक्स व्यक्तिहरू बिचको नजिकको सम्पर्कबाट फैलिन सक्छ । जस्तै– शारीरिक सम्पर्क, स्पर्श वा एक अर्काको नजिक सास फेर्दा।
यो रोगमा चिसो लागेको जस्ता लक्षण देखिन्छन् । बिरामीहरूको छालामा घाउहरू पनि हुन सक्छन्। यस रोगबाट १०० पीडितमध्ये सरदर चार जनाको मृत्यु हुन्छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न