एलजी एशोसिएसन नेपालको आयोजनामा हिजो शुक्रवार हुने भनिएको एलजी फेष्ट २०२५ सांगीतिक कार्यक्रम आज शनिवार हुने भएको छ।
खराव मौसमका कारणका कार्यक्रम आज सारिएको आयोजकले जानकारी दिएको हो। मिति सरे पनि कार्यक्रमको ढाँचा र प्रस्तुती दिने कलाकार र ब्याण्डमा कुनै परिवर्तन रहेको छैन।
शनिवार दिउँसो ३ बजे देखी सुरुहुने कार्यक्रमको मुख्य आकर्षणमा जोन चाम्लिङ राई को जोन एण्ड दि लोकल्स, पुर्ण राई एण्ड दाजुभाई, एमटि एटएटफोरएट ब्याण्ड र ह्याप्पी भिलेज अकेस्ट्रा संगै लक्क्ष ब्याण्डको प्रस्तुती रहनेछ ।
नेपाली युवाहरु माँझ पछिल्लो समय अत्याधिक चर्चा बटुल्न सफल कलाकारहरुको प्रस्तुती रहने भएको एलजी फेष्ट २०२५ सांगीतिक कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिती हुने अनुमान गरिएको र त्यसै अनुरुप सम्पुर्ण तयारी गरिएको आयोजकले जनाएको छ।
उक्त कार्यक्रमका स्थानिय कलाकारहरुको प्रस्तुती साथै स्वादिष्ट खानाका परिकार, पेय पदार्थ र मनोरञ्जनका कार्यक्र समेत रहने छ ।
फेस्टिभलको पहिलो संस्करण हङकङ, अमेरिका, जापान, बेलायत, अस्ट्रेलिया, कतार लगायत विभिन्न देशहरूमा सफलतापूर्वक सम्पन्न भएको थियो। अन्तर्राष्ट्रियस्तरमा सफलता पाएपछि अब पोखरामा यो फेस्ट आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न