logo trishakti

पोखरा–छेन्दु नियमित उडान भोलिदेखि

News Logoपरिचित खबर 6 महिना अगाडि
87 2 minutes read

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा भोलिदेखि चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ ।

सिचुआन एअरलाइन्सले भोलिदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको छ ।

यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन  प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने नेपाल पर्यटन बोर्डको विश्वास छ ।

बोर्डले विज्ञप्ति निकालेर पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर शहर पोखराको अवलोकनको अवसर प्रदान गर्ने विश्वास लिएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस