म्यानमारको सत्तारूढ सैन्य सरकारले देशमा एक हप्ताका लागि राष्ट्रिय शोक घोषणा गरेको छ । म्यानमारमा आउँदो अप्रिल ६ सम्म राष्ट्रिय शोक घोषणा गरिएको र यस अवधिमा झण्डा आधा झुकाइने बीबीसीले जनाएको छ ।
म्यानमारमा गएको शुक्रवार आएको भूकम्पका कारण एक हजार सात सय जनाभन्दा धेरैको ज्यान गएको छ ।
यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) की मार्गरेट ह्यारिसले म्यानमारका अस्पतालहरू घाइतेहरूले भरिएका र भूकम्पले धेरै अस्पतालहरू क्षतिग्रस्त भएका बताउनुभएको खबरमा उल्लेख छ । उहाँले कम्तीमा तीन वटा अस्पताल पूर्णरूपमा बन्द भएका र अन्य २२ वटा अस्पताल आंशिक रूपमा क्षतिग्रस्त भएर राम्ररी सञ्चालन हुन नसकेको बताउनुभयो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न