logo trishakti

ताइवानमा शक्तिशाली आक्रमण गर्ने चीनको तयारी

News Logoपरिचित खबर 6 महिना अगाडि
87 2 minutes read

चीनले ताइवानमाथि शक्तिशाली आक्रमणको तयारी गरेको छ । यसका लागि अहिलेसम्मकै ठूलो र सशक्त सैन्य अभ्यास शुरू गरिएको चिनियाँ सुरक्षा अधिकारीले बताएका अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

चीनले आफ्नो स्थल सेना, जल सेना, वायु सेना तथा रकेट बल सहभागी गराएर कैयौं दिशाबाट ताइवानमाथि आक्रमण गर्ने गरी संयुक्त अभ्यास शुरू गरिसकेको छ ।

चीनले एकै पटक जल, जमिन र आकाशबाट ताइवानमा नजिकबाट आक्रमण गर्ने र आफ्नो क्षमता परीक्षण गर्ने अभ्यास गर्न लागेको खबरमा उल्लेख छ ।

चिनियाँ पिपुल्स लिबरेशन आर्मीले आफ्नो एक वक्तव्यमा यो अभ्यास स्वतन्त्र ताइवानको पृथकतावादी शक्तिविरुद्ध कडा चेतावनी र सशक्त प्रतिकार भएको बताएको छ । 

प्रतिक्रिया दिनुहोस