इजरायलले गाजाको अल–अहली बाप्तिस्ट अस्पतालमा हवाई आक्रमण गरेको छ । आक्रमणमा अस्पतालको आइसीयू कक्ष र सल्यक्रिया विभाग पूर्ण रूपमा ध्वस्त भएको प्यालेस्टिनी विद्रोही समूह हमासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोहरूमा अस्पतालको दुईतले भवनमा क्षेप्यास्त्र खसालिएपछि ठूलो आगो र धुवाँ उठिरहेको देखिएको छ । अस्पतालको शय्यामा रहेका केही बिरामीहरू समेत भाग्दै गरेको दृश्यहरू सार्वजनिक भएका छन् । अहिलेसम्म कुनै मानवीय क्षतिको नभएको गाजाको नागरिक आपतकालीन सेवाले जनाएको छ ।
सन् २०२३ को अक्टोबरमा त्यही अस्पतालमा भएको आक्रमणमा सयौँको ज्यान गएको थियो । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी एक हजार दुई सय भन्दा धेरेको हत्या र दुई सय ५१ जनालाई बन्धक बनाएपछि इजरायलले गाजामा जवाफी कारबाही गरेको हो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न