logo trishakti

आजदेखि तीन दिनसम्म निरन्तर पानी पर्ने

News Logoपरिचित खबर 5 महिना अगाडि
87 2 minutes read

 आजबाट देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने भएको छ ।

मौसमविद्हरूका अनुसार, स्थानीय वायुको चाप न्यून भएकोले सुदुरपश्चिम प्रदेश बाहेकको प्रदेशमा वर्षा भइरहेको छ ।

उनिहरूका अनुसार भारतको उत्तर प्रदेशको प्रभाव अहिलेको वर्षामा देखिएको छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी र कर्णालीमा वर्षा भईरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस