आज सुनको भाउ सामान्य बढेको छ । सुनको भाउ दुई सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ एकैदिन तोलामा सात हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति मङ्गलवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९७ हजार नाै सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ४५ रुपैयाँले बढेर ताेलाकाे दुई हजार १० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ६५ रुपैयाँमा काराेबार भएकाे थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न