logo trishakti

व्यावसायिक विमानलाई पाकिस्तानको आकाश प्रयोग नगर्न पाकिस्तानी रक्षामन्त्रीको सुझाव

News Logoपरिचित खबर 5 महिना अगाडि
87 2 minutes read

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले व्यावसायिक विमानहरूलाई पाकिस्तानको आकाश प्रयोग नगर्न सुझाव दिएका छन् ।भारत र पाकिस्तानबिच तनाव बढिरहेको समयमा पाकिस्तानी रक्षामन्त्री आसिफले व्यावसायिक विमानलाई पाकिस्तानको हवाई क्षेत्र प्रयोग नगर्न सुझाव दिएका हुन् ।

उनले त्यस्ता विमान कुनै पनि क्षेप्यास्त्र वा कुनै प्रकारको हवाई हमलाको चपेटामा पर्न सक्ने भन्दै सावधान हुन सचेत गराएका हुन् ।

भारत र पाकिस्तानबिच केही दिन यता बढ्दै गएको तनावका कारण कैयौँ अन्तर्राष्ट्रिय एयरलाइन्सले पाकिस्तानी हवाई क्षेत्र हुँदै आफ्ना उडान केही दिनका लागि रोकेको घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस