पोखरा महानगरपालिका वडा नं .२५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” सुरु भएको छ । हेमजा यूनाईटेडको आयोजनामा गौरीशङ्कर खेल मैदानमा सुरु प्रतियोगिताको शनिवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नु भयो ।
नगर प्रमुख आचार्यले आफूहरू महानगर क्षेत्रको समग्र खेलकुद विकास लागि प्रतिबद्ध रहेको बताउनुभयो । खेल पूर्वाधारको विकास तथा निर्माण, खेलाडीहरूको क्षमता विकास तथा प्रोत्साहन, खेल चेतनाको विकास, विद्यालय तथा समुदाय स्तरमा खेलकुदको भावना जागरण लगायत कार्यहरूमा महानगरपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले खेलकुदको विकासका लागि वडा स्तरमा विभिन्न गतिविधिहरू भइरहेको बताउनुभयो ।
महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले स्वस्थ नागरिक निर्माणका लागि खेलकुदलाई समेत प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
एन्फाका केन्द्रीय उपाध्यक्ष दीपक खतिवडाले पोखरा फुटबलको सम्भावना बोकेको सहर भएकाले यसको महत्वलाई उजागर गर्न विभिन्न आस्थाका बिच एकता अवयस्कता रहेको बताउनु भयो ।
शनिवार भएको पहिलो खेलमा वडा न.२५ हेमजा निलोले ९–२ गोल अन्तरले वडा न.२९ लाई पछि पादै विजय सुरुवात गरको छ । दोस्रो खेल वडा न.१५ र १६ बिच भएको थियो जसमा २–० गोल अन्तरले वडा न.१५ ले आगामी यात्रा तय ग¥यो । आइतबार पहिलो खेल वडा न.१ र १७ र दोस्रो खेल वडा ८ र ५ बिच हुनेछ ।
१३ समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने छ । साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न