नवाैं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिलातर्फ नेपाल पुलिस क्लब लिगमा अपराजित रहन सफल भएको छ ।
साविक विजेतासमेत रहेको पुलिसले आज भएको खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हरायो । यो खेलको नतिजापछि पुलिस ५ खेलमा १४ अङ्कसहित शीर्ष र समान खेलमा न्यु डायमन्ड १२ अङ्कसहित दोस्रो स्थानमा रह्यो ।
यी दुई टोलीले भोलि उपाधिका लागि खेल्नेछन् । तेस्रो स्थानका लागि नेपाल एपीएफ क्लब र एभरेस्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पुरुषतर्फ गण्डकी प्रदेश र हेल्प नेपालले फाइनल खेल्दा पुलिस र त्रिभुवन आर्मी क्लबले तेस्रो स्थानका लागि खेल्नेछन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न