नेपाली राष्ट्रिय महिला फुटबल टाेलीले आज थाइल्यान्डकाे टाेलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
एएफसी महिला एशियन कप–२०२६ छनोटको तयारीमा रहेको नेपाली टाेलीले आज थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेकाे हाे । याे खेल थाइल्यान्डको पथुम थानीमा रहेको थम्मासत स्टेडियममा बेलुका पौने ५ बजे शुरू हुनेछ ।
थाइल्यान्ड भ्रमणमा रहेको नेपाली महिला टोलीले गएको शुक्रवार घरेलु टोलीसँग बन्द रङ्गशालामा अभ्यास खेल खेलेको थियो । यो खेलमा नेपाल १–० ले पराजित भएको थियो ।
फिफा वरीयतामा थाइल्यान्ड ४७औं र नेपाल ९९औं स्थानमा छन् । नेपाली टोलीले यही जुन २९ देखि उज्बेकिस्तानमा शुरू हुने महिला एशियन कप छनोटमा भाग लिनेछ ।
नेपाल समूह 'एफ' मा रहेको छ । यस समूहमा नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलङ्का रहेका छन् । समूह 'एफ' का सबै खेल उज्बेकिस्तानमा हुनेछन् .
छनोट चरणमा ३४ टिमलाई ८ समूहमा बाँडिएको छ । प्रत्येक समूह विजेताहरूले सन् २०२६ को मार्चमा अस्ट्रेलियामा हुने महिला एशियन कपमा स्थान बनाउनेछन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न