नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । सो कोन पोमा रहेको हङकङ रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरू हुनेछ ।
आउँदो मङ्गलबार २०२७ एएफसी एशिया कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा हङकङले भारतसँग प्रतिस्पर्धा गर्दै छ । त्यही दिन नेपालले लाओससँग पनि खेल्ने तालिका छ ।
यही खेलको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई बोलाएको हो । छनोटको आफ्नो पहिलो खेलमा समूह ‘सी’मा रहेको हङकङले सिंगापुरसँग गोलरहित बराबरी खेलेको थियो।
नेपाल भने मलेशियासँग २–० ले हारेको थियो । फिफा वरीयतामा नेपाल १७५ औं स्थानमा रहँदा हङकङ नेपालभन्दा २२ स्थान माथि १५३ औं स्थानमा रहेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न