गण्डकी प्रदेशकाे आर्थिक वृद्धि राष्ट्रिय तथ्याङ्क भन्दा माथि, नागरिकको आम्दानीमा पनि बृद्धि
गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय तथ्याङ्कभन्दा उच्च भएको छ । चालु आर्थिक वर्ष (२०८१/०८२) मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ४.८८ प्रतिशत पुग्ने प्रक्षेपण छ । यही अवधिमा नेपालको राष्ट्रिय औसत वृद्धिदर ३.९९ प्रतिशतमात्रै हुने अनुमान छ ।उपभोक्ता मूल्यमा गण्डकीको आर्थिक वृद्धि ५.५१ पुग्ने अनुमान छ ।
आर्थिक मामिला मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले प्रदेशको अर्थतन्त्र राष्ट्रिय औसतभन्दा तीव्र गतिमा विस्तार हुने अनुमान गरेको हो । यो वर्ष प्रदेशको कुल गार्हस्थ उत्पादन ५ खर्ब ४८ अर्ब पुग्ने अनुमान छ । जबकि गत वर्षको उत्पादन ५ खर्ब १८ अर्बमात्रै थियो ।
गण्डकी प्रदेशको अर्थतन्त्रको संरचना हेर्दा सेवामुखी अर्थतन्त्र बढ्दै गएको देखिन्छ । यसको अर्थ पर्यटन, व्यापार, वित्तीय सेवा, घरजग्गा तथा शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रले प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाएको छ । यद्यपि अर्थतन्त्रको प्राथमिक तह कृषिको योगदान बर्सेनि खुम्चिँदै छ ।
कुल गार्हस्थ उत्पादनमा सबैभन्दा ठुलो हिस्सा सेवा क्षेत्रको छ । गण्डकीको अर्थतन्त्रमा सेवा क्षेत्रले ५५.८ प्रतिशत योगदान गरेको छ भने सबैभन्दा कम उद्योग क्षेत्रबाट १६.५ प्रतिशतमात्रै योगदान हुने प्रक्षेपण गरिएको छ ।कृषि क्षेत्रको योगदान २७.५ प्रतिशत पुग्नेछ ।
गत वर्ष सेवा क्षेत्रले ५६.२ प्रतिशत, कृषिले २७ प्रतिशत र उद्योगले १६.८ प्रतिशत योगदान दिएको थियो ।षि क्षेत्रको उत्पादकत्व बढाउन अत्यावश्यक सिँचाइमा प्रदेश पछाडि परेको छ । कुल सिँचाइयोग्य जमिनको २५.३५ प्रतिशतमा मात्रै आधुनिक सिँचाइको पूर्वाधार पुगेको छ । जसका कारण कृषि उत्पादन घटेको छ ।
गत वर्ष फैलिएको लम्पी स्किन, अफ्रिकन स्वाइन फिवर जस्ता महामारीका कारण पशुजन्य उत्पादन अनियन्त्रित रूपमा कमजोर बनेको छ । अर्थतन्त्रलाई दिगो र आत्मनिर्भर बनाउने द्वितीय क्षेत्र अर्थात् उद्योगको योगदान झन् निराशाजनक छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न