logo trishakti

बाढी पहिरोका कारण नवलपरासी, सिन्धुपाल्चोक, डोल्पा र म्याग्दीकाे सडक अवरूद्द

News Logoपरिचित खबर 3 महिना अगाडि
87 2 minutes read

 बाढी पहिरोका कारण पूर्वी नवलपरासी, सिन्धुपाल्चोक, म्याग्दी र डोल्पमा सडक बन्द भएको छ । प्रहरीका अनुसार अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशीमा असार १ र ३ गतेदेखि बन्द भएको सडक अझै खुलेको छैन ।

यस्तै पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणीमा पनि सडक अवरुद्ध छ । दुम्कीबास, दाउन्नेलगायतका ठाउँमा सडक हिलो र चिप्लो भएर तथा बेलाबेला डाइभर्सन बगाएर सडक अवरुद्ध भइरहेकाले वैकल्पिक बाटो प्रयोग गर्न नवलपरासी प्रहरीले आग्रह गरेको छ ।

बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको रुप्सेमा पनि सडक बन्द भएको छ । यस्तै भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी छलघाटमा पनि हिजोदेखि सडक पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल तथा मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत चितवनको तुइनखोला र नाम्सी पुलमा सडक एकतर्फी सञ्चालनमा छ । 

प्रतिक्रिया दिनुहोस