logo trishakti

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा सडक अवरुद्ध हुँदा मालवाहक गाडी ६ दिनदेखि सडकमै

News Logoपरिचित खबर 3 महिना अगाडि
87 2 minutes read

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा सडक अवरुद्ध हुँदा मालवाहक ट्रक ६ दिनदेखि सडकमै रोकिएका छन् । नवलपुरको विनयी खोलाको बाढी र दाउन्नेमा बाटो चिप्लो भएका कारण मालवाहक ट्रक ६ दिनदेखि सडकमै रोकिएका प्रहरीले जनाएको छ ।

३ दिनसम्म जङ्गलको बीचमै गर्मी र भोक सहेर बिताएका ट्रक चालकहरू अहिले बजार क्षेत्रमा रहेकाले खान र बस्नको समस्या छैन । तर बाटो नखुलेका कारण गन्तव्यमा कहिले पुगिने भन्ने टुङ्गो नभएको चालकहरू बताउँछन् ।

जङ्गलमा समस्या भएपछि प्रहरीले ट्रकलाई बजार क्षेत्रमा लगेर होल्ड गराएको हो । लामो समयसम्म जाममा परेपछि केही ट्रक पहिले आएको ठाउँमै फर्किएका छन् ।

दुम्कीबासको विनयी खोलामा बाढीले डाइभर्सन ८ पटकसम्म बगाएपछि अब नबनाइने भएको छ । साना तथा हलुका गाडी होङ्शी सिमेन्ट हुँदै झन्डै २८ किलोमिटर घुमेर दिउँसोको समयमा पार गर्न दिइए पनि बेलुका ७ देखि बिहान ५ बजेसम्म सबै प्रकारका गाडीलाई पूर्ण प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस