इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि औपचारिक रूपमा सिफारिश गरेका छन् ।
वाशिङ्टन डीसीमा राष्ट्रपति ट्रम्पसँग भएको भेटमा नेतन्याहूले नोबेल समितिले पठाएको पत्र हस्तान्तरण गर्दै ट्रम्पले विभिन्न राष्ट्रहरूमा शान्ति स्थापनामा खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताएको बीबीसीले जनाएको छ । अहिले ट्रम्पले एकपछि अर्को देशमा शान्ति स्थापना गरिरहेकाे नेतन्याहूको भनाइ रहेकाे छ ।
यसअघि पाकिस्तानले पनि ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफरिश गरेको थियो । यसैबीच राष्ट्रपति ट्रम्पले गाजामा चलिरहेको युद्ध अन्त्यका लागि सकारात्मक प्रगति भइरहेको सङ्केत गरेका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न