तिब्बतबाट आएको बाढीले प्रभावित बनेकाको उद्धारका लागि गएका सशस्त्र प्रहरी बलका एक जना कर्मचारी आफैं घाइते भएपछि उद्धारको प्रयास भइरहेको छ ।
गोसाईंकुण्ड गाउँपालिका–३, लिङलिङ भिरमा फसेका प्रहरी सहायक हवल्दार विशाल थापाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार प्रयास भइरहेको हो ।
सशस्त्र प्रहरीको २ नम्बर गुल्मबाट गएको टोलीमध्ये उनी खोंचमा खसेपछि घाइते भएका थिए । त्यसपछि उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर मगाइएको थियो ।
सैनिक स्रोतका अनुसार, अवतरण ठाउँ नभएपछि हेलिकोप्टरमा राखिएको डोरीले तान्ने प्रयास भइरहेको छ । त्रिशुली नदीमा रुखमा फसेका दुईजनाको समेत मंगलबार त्यसैगरी उद्धार गरिएको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न