२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपाल र श्रीलङ्का खेल्दै छन् । खेल बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू हुनेछ ।
यसअघि आज दिउँसो तीन बजे बङ्गलादेश र भूटान खेल्ने छन् । यसअघि नेपालले आफ्नो पहिलो खेलमा शुक्रवार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो ।
नेपाल दुई खेलमा तीन अङ्कसहित दोश्रो स्थानमा छ । दुई खेलमै पारजित श्रीलङ्का अङ्क तालिकाको पुछारमा छ ।
समान खेलमा ६ अङ्कसहित बङ्गलादेश शीर्ष स्थानमा छ । दुई खेलमा तीन अङ्कसहित भुटान तालिकाको तेश्रो स्थानमा छ ।
प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् । डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । नेपालले अब साउन १ गते श्रीलङ्कासँग, साउन ३ गते भूटानसँग, साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न