logo trishakti

राष्ट्रिय खेलकुद परिषद्लाई चीनकाे खेलकुद ब्युराेद्वारा ८५ लाख रुपैयाँ बराबरको उपकरण हस्तान्तरण

News Logoपरिचित खबर 2 महिना अगाडि
87 2 minutes read

राष्ट्रिय खेलकुद परिषद्लाई चीनको युनान प्रादेशिक खेलकुद ब्यूरोले खेल सामग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

नेपालमा रहेको चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलाई सामग्री हस्तान्तरण गरेकाे राखेपले जनाएकाे छ । झन्डै ८५ लाख रुपैयाँ बराबरका विभिन्न ३४ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो ।

डेपुटी चिफ दी मिसन वाङका अनुसार यो सहयोगले नेपाली खेलकुदको विकासमा थोरै भए पनि टेवा पुग्ने छ।

सामग्री हस्तान्तरण कार्यक्रममा बाेल्ने वक्ताहरू चीन सरकारद्वारा विगतमा पनि सहयोग भएकाे र आउँदा दिनमा पनि निरन्तर सहयोगको अपेक्षा  गरिएकाे बताएका थिए ।

प्रतिक्रिया दिनुहोस