logo trishakti

जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–कोरला सडक अवरुद्ध

News Logoपरिचित खबर 2 महिना अगाडि
87 2 minutes read

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।

गएरातिको वर्षासँगै कोरला राजमार्गको मानेभरिमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कागबेनीको कागखोलाबाट झन्डै दुई सय मिटर उत्तरतर्फ कोरला सडकको मानेभीरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।

अवरुद्ध सडक खुलाउन केहीबेर अघिदेखि डोजरसहित आवश्यक जनशक्ति त्यसतर्फ पठाइएको उहाँले बताउनुभयो ।

मुस्ताङमा कागबेनी–कोरला सडक अवरुद्ध बनेपछि उपल्लो मुस्ताङ आवतजावत गर्ने गाडी रोकिएका छन् । माथिबाट ठूलाठूला चट्टान खसेकाले सडक खुलाउन केही समय लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस