२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) की केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गर्नुभयो ।
बङ्गलादेशमा भएको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाली टोली उपविजेता बनेको थियो । हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपाललाई ४–० गोलले हराउँदै घरेलु टोली बङ्गलादेश पाँचौं पटक विजेता बनेको थियो । नेपाल तेस्रो पटक उपविजेतामा सीमित बन्यो ।
डबल राउन्ड रोबिनमा आधारित चार वटा देश सहभागी प्रतियोगितामा नेपालले श्रीलङ्का र भूटानलाई २÷२ पटक हराएको थियो । बङ्गलादेशसँगको पहिलो खेलमा पनि नेपाल ३–२ गोलले पराजित भएको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न