logo tiger cup

पर्सामा नियमित कक्षा सञ्चालनको माग गरेपछि विद्यार्थी नै थुनामा

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

       वीरगञ्ज महानगरपालिका–२४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि सङ्कायको कक्षा सञ्चालन गर्न माग गरेपछि विद्यार्थीलाई त्यही विद्यालयका शिक्षकहरुले थुनेर राखेको घटना सार्वजनिक भएको हो ।

पठनपाठन नियमित सञ्चालन गर्न माग गरेपछि विद्यालय प्रशासनले आफूहरुलाई कुटपिट गर्नाका साथै घन्टौँ थुनेर राखेको विद्यार्थीहरुले आरोप लगाएका छन् । 

दैनिक सात कक्षा पढाइ हुनुपर्नेमा एक कक्षासमेत पढाइ नभएको जानकारी महानगरपालिकाको शिक्षा महाशाखामा गराउँदा समेत कुनै सुनुवाइ नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यालय प्रशासनले आफूहरुबाट सबै शुल्क असुल गरे पनि अहिलेसम्म पूरै किताबसमेत उपलब्ध नगराएका कारण दोस्रो वर्षको पहिलो सेमेस्टर परिक्षामा ११ मध्ये एकजना मात्र उत्तीर्ण भएको विद्यार्थीहरु बताउँछन् ।

महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले  घटनाको छानबिन शुरु गरिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस