logo tiger cup

दमको रोगबाट पीडित वरिष्ठ गायिका दिलमाया खातीको निधन

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

        लामो समयदेखि दमको रोगबाट पीडि वरिष्ठ गायिका दिलमाया खातीको गए राति निधन भएको हो । 

सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी खाती पहिलो पटक सन् १९६२ मा काठमाडौँ आएकी थिइन् । काठमाडौँ आएका बेला उनले गीत गाएको सुनेर सङ्गीतकार शिवशङ्कर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए । त्यसपछि उनले नेपाली गीत गाउन थालेकी थिइन् ।

   दिलमायाले  वरिष्ठ सङ्गीतकार एवम् गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग उनले गीत गाएकी छन् । उनले एक सय ५० भन्दा धेरै नेपाली गीत गाएको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस