बजारमा चिनीको अभाव हुदैँ गर्दा चिनी उद्योगसँग १९ हजार मेट्रिक टन चिनी मौज्दात भेटियो
बजारमा चिनीको अभाव र मूल्यवृद्धि भइरहँदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अध्ययनमा १ लाख ८८ हजार ५ सय १३ क्विन्टल (१८ हजार ८ सय १३ टन) चिनी भेटिएको विभाग स्रोतले दाबी गरेको छ ।
विभाग स्रोतका अनुसार एभेरेष्ट, इन्दुशंकर र हिमालय सुगर मिलसँग सो परिमाणको चिनी फेला परेको हो । ‘आफूलाई चाहिने उच्च गुणस्तरको चिनी पहिले नै रकम भुक्तानी गरी पेय पदार्थ उत्पादन गर्ने उद्योग किनेको र चिनी उद्योगमै मौज्दात राखेको जानकारी पाइएको छ । तर, त्यो चिनी ति उद्योगमा नलगी सकेको जानकारी उद्योगहरुले दिएका छन्,’ स्रोतले भन्यो ।
विभागका अनुसार उद्योगलाई तत्काल चिनी नचाहिएको खण्डमा बजारमा पठाउन सकिने विकल्पका बारेमा अहिले छलफल भइरहेको छ ।
होलसेल तथा खुद्रा व्यापारीहरुकाअनुसार चिनीका वितरकहरुले १२५ रुपैयँसम्म विना बिल चिनी बिक्री गरिरहेका छन् । ‘बिल माग्दा चिनी नपाइने गरेको भन्दै यसमा केही न केही बदमासी रहेको देखिन्छ,’ एक होलसेल व्यवसायीले भने, ‘चिनी नबेचौं भने ग्राहक आउँदैनन् । बेचौं वितरकले बिलबिना नै लैजाऊ भन्छन् । हामी समस्यामा परेका छौं ।’
वाणिज्य मन्त्रालयले भने भारतबाट जीटूजीको चिनी ल्याउन हरसम्भव प्रयास गरिरहेको बताएको छ । सरकारले कूटनीतिक च्यानलबाट प्रयास गरिरहेको प्रवक्ता एवम् सहसचिव गजेन्द्र ठाकुरले बताए । ‘चिनी अभाव भएकै हो, आयातका लागि सरकारले कुटनीतिक प्रयास गरिरहेको छ,’ उनले भने ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित