logo tiger cup

न्यायाधीश मनोजकुमार शर्माको इजलासमा नेपालगञ्जका योगराज ढकाल ( ‘रिगल’) विरुद्धको मुद्दा

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

     नेपालगञ्जका  ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिएको छ । न्यायाधीश मनोजकुमार शर्मा को एकल इजालसमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

रिगलले खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती मानन्धरले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस