बझाङको बुङ्गल नगरपालिका–२ घर भई कञ्चनपुरको कृष्णपुर बस्ने ३५ वर्षीय गोरे धामीलाई चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले धामीले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल जाँच गर्दा चरेस फेला परेपछि उनलाई पक्राउ गरिएको बताए । उनको साथबाट साढे ३ किलो चरेस बरामद भएको बरालले बताए ।
धामीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित