logo tiger cup

१२ कक्षा उत्तीर्ण विद्यार्थी सीपमा पोख्त हुने नीति बनाऔँ : जनार्दन शर्मा

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

      ‘१२ कक्षा पढेर निस्किेका विद्यार्थी आफ्नो कुनै न कुनै सिपमा सक्षम हुनुपर्ने आवश्यक्ता छ ।    शुक्रबार प्रतिनिधिसभामा विद्यालय शिक्षक विधेयकमाथि जारी छलफलमा बोल्दै शर्माले यसलाई औपचारिकतामा पास गर्नेभन्दा पनि व्यापक छलफल गरेर मात्रै अघि बढाउनु पर्ने बताए ।

 पाठ्यक्रम बनाउने हिसाबले, संस्था बनाउने हिसाबले, शिक्षण विधि तय गर्ने हिसाबले अबको कानुनलाई व्यवस्थित बनाउनु पर्ने आवश्यक्ता छ’, शर्माले बैठकमा भने, ‘शिक्षालाई सिपसँग जोड्ने, सिपलाई श्रमसँग जोड्ने, श्रमलाई रोजगारीसँग जोड्ने, रोजगारलाई उत्पादनसँग जोड्ने र उत्पदनलाई बजारसँग जोड्ने शिक्षा नीतिको बनाउनु पर्छ ।’

शर्माले १२ कक्षासम्मको विद्यालय शिक्षालाई एकरुपतामा लैजानु पर्ने र सबै विद्यार्थीले एउटै खालको शिक्षा पाउने पाठ्यक्रम, शिक्षण विधि, शिक्षकका सेवा सुविधा र टेनिङको व्यवस्था गर्नुपर्ने बताए ।

उनले शिक्षा नीतिकलाई सबैले स्वीकार गर्नसक्ने बनाउनु पर्ने भन्दै विभिन्न समयमा भएका सम्झौतालाई मुलुकको कानुन र संविधानसम्मत ढंगले समेटेर लैजानु पर्ने बताए ।

‘हामीले सबैको विज्ञता, ज्ञान र क्षमतालाई राम्रोसँग समेट्न सकेनौँ भने हामी अर्को युगसम्मका लागि जिम्मेवारी पूरा नगरेको ठहरिन्छ’, शर्माले भने, ‘त्यसैले व्यापक छलफल गरी असल शिक्षा नीति बनाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस