logo tiger cup

आठौं पोखरा स्पोट्स अवार्डलाई सहयोग गर्छाैः मुख्यमन्त्री पाण्डे

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

पोखरा २१, असोज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा आयोजना हुने आठौं संस्करणको पोखरा स्पोट्स अवार्ड २०८० लाई सहयोग गर्ने बताउनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको एक टोली आइतबार मुख्यमन्त्री पाण्डेको कार्यकक्षमा भेटघाट गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो ।

मुख्यन्त्री पाण्डेले यस अघि विनियोजन भएको बजेट रातो कितावबाट हट्न नहुने तर यस बर्ष हटेकोमा आश्चार्य मान्दै आगामी आठौं संस्करणको उक्त अवार्डको लागि अघिल्ला बर्षको जस्तै गरी सहयोग गर्ने वचन दिनु भएको हो । मञ्चका अध्यक्ष दीननाथ बरालले रातो कितावमै पोखरा स्पोट्स अवार्ड सम्पन्न गर्न विनियोजन भएको १० लाखको बजेटको योजना यस बर्ष हटेको मुख्यमन्त्री पाण्डे समक्ष जानकारी गराउदै उक्त अवार्ड प्रदेशको पहिचान भएकोले बजेट व्यबस्थापन गर्न आग्रह गर्नु भएको हो ।

अघिल्ला बर्षमा विनियोजन भएको बजेट जस्तै नघट्ने गरी बजेट व्यबस्थापन गरी आफुहरुको अभियानलाई सफल पार्न अध्यक्ष बरालले माग गर्नु भयो । प्रदेश सरकार गठन भएदेखि नै उक्त अवार्डमा प्रदेश सरकारको मुख्य रुपमा सहयोग प्राप्त हुदै आएको अध्यक्ष बरालले बताउनु भयो । यस बर्ष पनि हुने उक्त अवार्डमा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जनालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड, बर्ष उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल पत्रकार र उत्कृष्ट खेल संघ संस्था तथा क्लवलाई अर्वाडको वितरण गरिने भएको छ । मञ्चको टोलीमा अध्यक्ष बराल सहित उपाध्यक्ष सुरज श्रेष्ठ, सल्लाहकार रन्जन अधिकारी, पहिलो पोखरा स्पोट्स अवार्डका संयोजक सन्देश श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, पत्रकार नविल सिग्देल, अमृतराज उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

यसैबिच, नेपाल खेलकुद पत्रकार मञ्चको टोलीले प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडासंग समेत भेटघाट गरेको छ । टोलीसंगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले प्रदेश सरकारले गर्नुपर्ने काम मञ्चले गर्दै आएकोमा धन्यवाद दिदै पोखरा स्पोट्र्स अवार्डलाई सफल पार्न प्रदेश सरकार तयार रहेको बताउनु भयो । रातो कितावमा उल्लेख भएको बजेट यस बर्ष कटौती भएको बिषयमा आफुहरु समेत अन्यौलमा भएको बताउदै उहाँले खेलाडीहरुको प्रोत्साहन हुने कार्यक्रमलाई सफल पार्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने वचन दिनु भयो । मञ्चका अध्यक्ष बरालले प्रदेशको गौरवको रुपमा पहिचान बनाएको उक्त अवार्डको बजेट कटौती हुनु निकै दुःख लाग्दो बिषय भएकोले बजेट व्यबस्था गर्न मन्त्री समक्ष समेत आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस