logo tiger cup

सञ्जय भण्डारीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता, आजिवन कैद सजाय माग

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

   तीनकुनेको गैरीगाउँस्थित दिव्या सःमिलमा चार जनाको हत्या भएका घटनाको अभियुक्त सञ्जय भण्डारीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । क्रूर तथा निर्ममतापूर्वक हत्या गरेको कसुरमा भण्डारीलाई जीवित रहेसम्म कैदमा राख्न मागदावी लिइएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार हत्यामा संलग्नताको प्रमाण पुष्टि भएको, वारदतामा प्रयोग भएका हतियार तथा कपडा लगायतका अन्य प्रमाण पनि पुष्टि भएको र क्रूर तथा निर्ममतापूर्वक हत्या गरेको कारण भण्डारीलाई जीवित रहेसम्म जेलमै राख्न मागदावी लिइएको बताए ।

प्रतिक्रिया दिनुहोस