logo tiger cup

जाल्पादेवी नवदुर्गा पुजन शुरु

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

 पोखरा–८ सिमलचौरमा रहेको शक्ति पिठको रुपमा परिचित जाल्पादेवी मन्दिर परिसरमा नवदुर्गा पुजन महोत्सव शुरु भएको छ ।
 
स्वस्थानीदेवीको कथा अनुसार सत्यदेवीको अङ्ग पतन भई बनेको जनविश्वास अनुसार ७५ वर्ष अगाडी स्थानीय गोदार परिवारको अगुवाइमा भारती, अधिकारी तथा स्थानीय परिवारहरुद्धारा मन्दिरको निर्माण भएको समितिका संस्थापक अध्यक्ष गणेश बहादुर अधिकारीले बताए। 
 
सो कार्यक्रमको शुभारम्भ गर्दै केदारेश्वर आश्रमका पिठाधिस डा.चिद्गन चैतन्यले सभ्य समाज निर्माणको लागी संस्कार, सस्ँकृति संरक्षणमा आम समुदाय लाग्नुपर्ने बताए । 

घटस्थापना देखि नवमीसम्म हरेक दिन पाठ, देवी दर्शनकर्ताहरुद्धारा दैनिक पुजा गरिने र सो पुजाको लागी स्थानिय खिमावती बराल, शान्तदेवी बराल कर्ताको रुपमा रहनु भएको पुजन महोत्सवको परिकल्पनाकार पंण्डित गोकर्ण अधिकारीले बताए ।
 
जाल्पादेवी बहुउद्देश्यीय विकास समितिको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष विश्व बिजुक्छेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांगे्रसका पूर्व जिल्ला सभापति  सोभियत बहादुर अधिकारी पूर्व वडा अध्यक्ष विरेन्द्रनारायण विजुकछे, वडा सदस्य पवित्रा के.सी., महासचिव शान्ति सिग्देल, सचिव महेश्वर गिरी लगायतले आ आफ्नो धारणा राखेका थिए ।

जाल्पादेवीको महत्व प्रकाश तथा विजयादशमीको उपलक्ष्यमाशुरु गरीएको नवदुर्गा पुजन पुजाले सिमलचौर क्षेत्रको पहिचान बढाउने अध्यक्ष विजुक्छेले बताए ।

प्रतिक्रिया दिनुहोस