अहिले बजारमा अधिक तरलता भएका कारण बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् ।
कर्जाको तुलनामा निक्षेपको वृद्धिदर उच्च भएका कारण अहिले बैंकिङ प्रणालीमा अन्तरबैंक ब्याजदर २ प्रतिशत भन्दा तल छ । पछिल्लो समय सरकारले आन्तरिक ठूलो मात्रामा उठाइरहेको छ ।
कात्तिकमा चाडपर्वले गर्दा बैंकिङ कारोबार कम हुने समय भएकोले अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएका हुन् ।
भदौ र असोजमा अन्य बैंकको तुलनामा कम ब्याजदर भएको नेपाल एसबीआई बैंक र एनएमबि बैंकले सीडी रेसियोमा केही दबाब बढेपपछि निक्षेपको ब्याजदर बढाउँदा एनआईसी एशिया बैंकले पनि कात्तिकमा निक्षेपको ब्याजदर सामान्य बढाएको छ ।
कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा हिमालयन बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले ११.००३ प्रतिशत ब्याजदर दिने भएका छन् । असोजमा हिमालयन बैंकको ११.०५४ प्रतिशत ब्याजदर थियो भने एनआईसी एशिया बैंकको १०.८९६ प्रतिशत र एनएमबि बैंकको ९.९९ प्रतिशत ब्याजदर थियो ।
कात्तिकमा सबैभन्दा कम ब्याजदर भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.२२ प्रतिशत बयाजदर प्रस्ताव गरेको छ ।
नेपाल राष्ट्र बैंकले बैंकहरूलाई निक्षेपको ब्याजदर प्रकाशित गर्दा अघिल्लो महिनामा सोही वर्गका बैंकहरूले मुद्दती निक्षेपमा दिएको अधिकतम् ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ ।
व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् ब्याजदर र बचतको न्यूनतम् ब्याजदरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी हुन नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
बचतमा पनि अधिकतम् र न्यूनतम् ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी गर्न नपाइने व्यवस्था छ । तर, रेमिट्यान्स बचत तथा मुद्दतीमा भने व्यक्तिगतको तुलनामा न्यूनतम् १ प्रतिशत थप ब्याजदर दिनुपर्ने हुन्छ । कुल निक्षेपमा बचतको न्यूनतम् ब्याजदरको ५० प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने व्यवस्था छ ।
सोही आधारमा बैंकहरूले निक्षेपको ब्याजदर प्रकाशित गर्ने गरेका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित