logo tiger cup

कास्किकोटमा ने वि संघले फरायो  नेपालको राष्ट्रिय झन्डा

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

पोखरा महानगर पालिका वडा नं-२४,कास्कीकोट मा अवस्थित गुप्त कालिका माई मन्दिर परिसरमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ  ! 

नेविसंघ केन्द्रीय सदस्य महादेव गिरीको संयोजकत्वमा सो कार्यक्रम सम्पन्न भएको हो | नेपालीहरुको महान चाड बिजया दशमिमा पुजा गर्ने भक्तजनहरुको भिडवाड बढ्ने धार्मिक तथा पर्यटन क्षेत्रलाई लक्षित गर्ने उद्देश्यले नेपालको राष्ट्रिय झन्डा राखिएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य महादेव गिरी ले बताएका छन ।

यसअघि पनि यस्ता खालका सामजिक कार्य गर्दै आएको र अबका दिनमा पनि यस्ता खालका कार्यक्रम युवाहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने गिरिले बताए । साथै धार्मिक,एैतिहासिक एवम पौराणिक छटाले भरिको कश्यप ऋषिको तपोभुमी कास्किकोटामा,राष्ट्रिय स्वाभिमान सँग जोडिएको राष्टिय झन्डाले युवाहरुमा अझै सामाजिक बन्ने हौसला बढ्ने कुरामा सहमत भएको अर्का विद्याथी नेता अर्जुन बहादुर अधिकारिले जानकारि दिए !  

यस अघि पनि नेविसंघ कास्कीकोट ले गुप्त कालिका मन्दिर परिसरमा नेपालको झन्डा राख्दै आएको थियो भने पर्यटन क्षेत्रलाई लक्षित गर्दै सो मन्दिरमा पछिल्लो समय आन्तारिक तथा विदेशी पर्यटकको पनि आगमन बाक्लो भएको छ । त्यस्तै विजया दशमीलाई लक्षित गर्दै फुलपातिको दिनमा सो मन्दिरमा भव्य कार्यक्रम हुने गरेको छ ! 
उक्त कार्यक्रममा स्थानिय  युवाहरुको बाक्लो उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस