नेपालले आगामी मिस इन्टरनेसनल प्रतिस्पर्धाका लागि नेसनल कस्ट्युम सार्वजनिक गरेको छ । मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाहले नेपाली क्यालेन्डरअनुसार कात्तिक ९ गते हुने फिनालेमा उक्त पहिरन प्रस्तुत गर्नेछिन् ।
पञ्चबुद्धको थाङ्काबाट बनेको उक्त पहिरनले नेपालको हिमाली क्षेत्रको संस्कृति र वेशभूषालाई चित्रण गर्छ । पहिरनबारे प्रसिद्धिले सामाजिक सञ्जाल सन्देशमा भनेकी छन्, ‘यो पोशाकले चुनौतीपूर्ण भूगोल र सीमित सहयोग प्रणालीको बाबजुद विश्वभर सशक्तीकरण र बलको शक्तिशाली सन्देश पठाउँछ ।’
उनले अगाडि भनेकी छन्, ‘यो पोशाक परम्परा र आधुनिकताको एक उल्लेखनीय संयोजनको मिस इन्टरनेसनल प्रतियोगितामा अमिट छाप छाड्दै र हिमाली भेगका महिलाको असाधारण भावनालाई आत्मसात गर्दै प्रस्तुत छ ।’
मिस इन्टरनेसनलको फिनालेमा सहभागी प्रसिद्धि यतिबेला जापानको टोकियोमा छिन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
पोखरा एभेन्जर्सको झण्डा सगरमाथाको चुचुरोमा
भर्खरै प्रकाशित
पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई