नेपाल प्रिमियर लिग (एनपीएल) को टोली पोखरा एभेन्जर्सले श्रीलङ्काका अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
पोखराले तेस्रो संस्करणका लागि श्रीलङ्काका पूर्वक्रिकेटर मेन्डिसलाई नियुक्त गरेको हो । आउँदो संस्करणका लागि टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको पोखराले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
श्रीलङ्काका स्पिनर मेन्डिसले ३ वटै फम्र्याटमा देशको प्रतिनिधित्व गरेका छन् । उनले १९ टेस्टमा ७० विकेट, ८७ एकदिवसीय अन्तर्राष्ट्रियमा १५२ विकेट र ३९ टी–२० अन्तर्राष्ट्रियमा ६६ विकेट लिएका छन् ।
मेन्डिस सन् २००८ को एशिया कपमा १७ विकेट लिँदै प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका थिए । मेन्डिससँग विश्वभरका चर्चित फेन्चाइजी टी–२० लिग खेलको अनुभव पनि छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित